प्रविधि
                                                
                    
                
                            
                                साझा यातायातको अपडेटेड साझा प्लस एप मार्फत बसको रुट र अन्य विवरण हेर्न सकिने
                        
                        
                                                
                                                    
                                साझा प्लसको प्रयोग गरी साझा यातायातका विभिन्न रुटमा भएका बसहरुको वारेमा जानकारी लिन सकिने छ । त्यसैगरी ती बसहरु ट्रयाक गर्न, नजिकको स्टप पत्ता लगाउन र उक्त स्टप सम्म बस आइपुग्ने अनुमानित समय समेत थाहा पाउन सकिने छ
                            
                                            
                                                                    
काठमाडौं, माघ १० । साझा यातायातले अपडेट सहितको नयाँ एप ‘साझा प्लस’ ल्याएको छ । उक्त एप डाउनलोड गरेर यात्रुहरुले विभिन्न जानकारी लिन सक्ने छन् ।
साझा प्लसको प्रयोग गरी साझा यातायातका विभिन्न रुटमा भएका बसहरुको वारेमा जानकारी लिन सकिने छ । त्यसैगरी ती बसहरु ट्रयाक गर्न, नजिकको स्टप पत्ता लगाउन र उक्त स्टप सम्म बस आइपुग्ने अनुमानित समय समेत थाहा पाउन सकिने छ ।
हाल उक्त एप बिटा भर्सनमा रहेको र सेवाग्राहीको सल्लाह, सुझावको आधारमा आगामी दिनमा यसलाई थप परिमार्जन गरिने समेत साझा यातायातले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १३:३४
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
