Kath khabar

 

                      काठमाडौं, माघ १८ ।  अब लुना जीपीएसबाट सार्वजनिक सवारीलाई पनि ट्रयाक गर्न सकिने भएको छ । लुना जीपीएसको सवारी ट्रयाकिङ प्रणाली सार्वजनिक सवारीमा जडान गरी उक्त सवारीलाई ट्रयाक गर्न सकिने भएको हो ।  

देशका विभिन्न ठाउँबाट छुट्ने लामो दूरीका सवारीसाधनलाई यो जीपीएसबाट हेर्न सकिने लुना जीपीएसका संस्थापक सुमन पौडेलले जानकारी दिए । साथै कम्पनीले केही दिनभित्रै "लुना यात्री" नामको एप सार्वजनिक गर्ने तयारी गरेको उनले जनाए ।

यो प्रणाली जडान गरिएको बसमा यात्रुले बस कहाँ कुदिरहेको छ, कहाँ पुग्यो, कतै जाम पर्‍यो कि लगायतका विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् । त्यस्तै यो प्रविधिमा क्र्यास डिटेक्सन प्रणाली पनि भएका कारण सवारी दुर्घटना भएको समेत थाहा पाउन सकिने उनको भनाइ छ ।

यस एप प्रयोग गरेर आफ्नो आफन्त चढेको बसको जानकारी अन्य प्रयोगकर्ताले पनि प्राप्त गर्नसक्ने पौडेलले जनाए । साथै यो प्रविधिले भविष्यमा यातायातको ट्राफिक व्यस्थापनमा समेत सहयोग गर्ने उनको दाबी छ ।

सुदूरपश्चिम यातायात, महाकाली यातायात, शिवपुरी यातायात, ब्रह सिङ्ग यातायात, मालिक यातायात, कर्णाली रिवर, उग्रतारा यातायात, बागेश्वरी यातायात, काक्रेविहार, नमस्ते कपिलवस्तु, पश्चिम नेपाल, रोयल झापा, सकिरा, सप्तकोसी, इन्द्रेणी, उदिता मकालु, मुनाल, मितेरीजस्ता गाडीमा यो जीपीएस प्रणाली जडान हुने तयारीमा रहेको पौडेलले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update