Kath khabar
नेपाल टेलिकममा ५०० रिचार्ज गर्नुस् ८ जीबी डेटा निःशुल्क पाउनुहोस्

 

                   काठमाडौं, माघ २२ ।  नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर एनिभर्सरी अफर सञ्चालनमा ल्याएको छ । 

यस अफर अन्तर्गत ग्राहकले मोबाइलको रिचार्जमा मोबाइल डेटा उपलब्ध हुनेछ । कम्पनीले २ सय देखि ५ सय भन्दा माथिसम्मको रिचार्जमा यो अफर लागू हुने जनाएको छ ।

कम्पनीका अनुसार २०० देखी ४९९ रुपैयाँसम्मको रिचार्जमा २ जीबी डेटा नि:शुल्क उपलब्ध हुनेछ । यसरी उपलब्ध भएको डेटा २ दिनसम्म प्रयोग गर्न सकिनेछ । 

त्यस्तै ५०० देखी माथिको रिचार्जमा ८ जीबी डेटा उपलब्ध हुनेछ । यसरी उपलब्ध हुने डेटा ४ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो डेटा प्रयोगकर्ताले हरेक दिन २ जीबीका दरले ४ दिनसम्म प्राप्त गर्ने छन् । 

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update