Kath khabar
हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना



                  काठमाडौं, फागुन १५ । नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ ।  हुन्डाईले “अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक ५” भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो ।

यस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसंग साट्न सक्ने छन् । यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मल्याङ्कन ४० लाख कायम गरिएको छ जुन हालसम्मको मूल्याङ्कनमा सबभन्दा बढी जनाएको छ ।

यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ । यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आयोनिक ५ को उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्नेछन् ।

नेपालका विद्युतीय सवारी साधनहरूमा हुन्डाई इभीहरु अग्रपङ्तिमा रहेका छन् । यी इभीहरुले विश्वभरका ग्राहकहरुको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको छ । प्रतिस्पर्धात्मक विद्युतीय सवारी साधनको बजारमा हुन्डाईले फ्युचरिष्टीक डिजाइन, अतुलनीय पर्फर्मेन्स र विश्वसनीयताको माध्यमबाट उत्कृष्टताको नयाँ मापदण्ड कायम गरेको छ । यो योजनाबाट ग्राहकहरुले कोना तथा आयोनिक ५ को सम्पूर्ण विशेषताहरुसँग साक्षात्कार गर्न पाउनेछन् । यो एक्सचेन्ज योजनाले हुन्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास कम्पनीले लिएको छ ।

एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाई सोरुमहरुमा उपलब्ध छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ । यस कम्पनीले परिवर्तनशील नयाँ संरचना मार्फत सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ ।


 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update