Kath khabar
दर्ता नगरेको औषधि पसल संचालन गरी औषधिको अवैध कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ


                  भक्तपुर, फागुन १७। औषधि पसल दर्ता नगरी औषधिको अवैध कारोबारमा संलग्न रहेको अभियोगमा रौतहट देवाहिबोनाही नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-५ निकोसेरास्थित औषधि पसल संचालन गरी बस्ने २७ वर्षीय अरूण कुमार शाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध प्रयोगकर्ताले विकल्पको रूपमा प्रयोग गर्ने गरेको विभिन्न औषधिहरू अवैध रूपमा बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुर ठिमी नगरपालिका-५ निकोसेरास्थित दर्ता नगरेको औषधि पसल खोली संचालन गर्ने उनलाई विभिन्न औषधिसहित पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि औषधि विभाग काठमाडौं पठाइएको छ ।   

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
लागूऔषध मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका-१ बस्ने २९ वर्षीय जेरी भन्ने जेनिस सिल्पकारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरबाट २०७४ जेठ ३० गतेको फैसलाले २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई १ महिना ९ दिन कैद भुक्तान गरी १ वर्ष १० महिना कैद र १ लाख रूपैयाँ जरिवाना भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई भक्तपुर सूयविनायक नगरपालिका-१० साँगाबाट प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

 

 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update