Kath khabar
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


                          काठमाडौं, चैत १ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ गंगा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ खड्क भद्रकाली बस्ने ५० वर्षीय पुरन बहादुर घलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामाउच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार रूपैयाँ पिडितलाई बिगो भराई ३६ लाख ८८ हजार रुपैयाँ जरिवाना र क्षतिपुर्ति शुल्क १ लाख ४७ हजार ५ सय २० रूपैयाँका साथै ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–६ खड्क भद्रकालीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update