Kath khabar
इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार रहेका प्रतिवादी पक्राउ



                  काठमाडौं, चैत २ । इन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु भृकुटि नगरपालिका–७ ठेगाना भएका २३ वर्षीय शिव शरण चौधरी पक्राउ परेका छन् ।  

कपिलवस्तु बुद्धभुमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गंगाराम थारुलाई २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई एनसिबि काठमाडौंको अनुरोध तथा एनसिबि अबूधाबी युएईको सहयोगमा युएईबाट पक्राउ गरेको हो ।  

घटना पश्चात शिव शरण चौधरी फरार भई युएई बसेको अनुसन्धानको क्रममा खुल्नआएपछि ईलाका प्रहरी कार्यालय, गोरुसिंगे, कपिलवस्तु मार्फत नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भए बमोजिम चौधरीको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते उनी विरुद्द रेड नोटिस् जारी भएको थियो ।

इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते चौधरी विरुद्द जारी भएको रेड नोटिस् एनसिबि अबूधाबी युएईलाई जानकारी गराउनुको साथै निज प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकोमा २०७९ भदौ २१ गते एनसिबि अबूधाबीले उनलाई पक्राउ गरि सपुर्दगीको लागि आवश्यक कागजात माग गरेको तथा एनसिबि काठमाडौंले माग भए बमोजिमको कागजात खुलाई पठाए पश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगि गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाई दिनुहुन भनि जानकारी प्राप्त भए अनुसार एनसिबि काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नेपाल ल्याएको हो ।  उनलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुलाई बुझाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update