Kath khabar
बच्चालाई मोबाइलको लतबाट कसरी छुटाउने  ?


                              काठमाडौं, चैत ७ । साना बालबालिकाको राम्रो विकासका लागि उनीहरुलाई खेलकुद जस्ता शारीरिक क्रियाकलाप निकै जरुरी छ । तर अहिले अधिकांश बालबालिकाहरु मोबाइल फोनको लतको सिकार भएका छन्, जसले बालबालिकाको शारीरिक र मानसिक विकासमा समेत असर पारेको छ । यस्तो अवस्थामा तपाईले केही उपायहरु अपनाएर बच्चालाई फोनबाट टाढा रहन सिकाउन सक्नुहुन्छ।

अहिलेको जमानामा गेम खेल्नेदेखि पढाइसम्ममा बच्चाहरू फोनतिर दौडिन्छन् । अभिभावकहरूले पनि बच्चाहरूलाई फोनबाट टाढा राख्न धेरै प्रयास गर्छन्। तर अभिभावकले पनि सन्तानको जिद्दको अगाडि हार मान्छन् । यस्तो अवस्थामा तपाईले यि उपायहरु अपनाएर केही दिनमै बच्चालाई फोनबाट टाढा रहन सिकाउन सक्नुहुन्छ।

सामान्यतया बच्चाहरू फोन खेल्नको लागि प्रयोग गर्छन् । यस्तो अवस्थामा बालबालिकालाई खेल खेलेको देखेर अभिभावकले हप्काउछन् । तर बच्चाहरूलाई हप्काएर हैन मायाले बसाएर सम्झाउने प्रयास गर्नुहोस्।

फोनको लतको सिकार भएका अधिकांश बालबालिका मोबाइलबाट हुने हानिबारे अनभिज्ञ हुन्छन् । यस्तो अवस्थामा बच्चाहरूलाई फोनको अत्यधिक प्रयोगको साइड इफेक्ट बताउनुहोस् । फोन प्रयोग गर्दा उनीहरूको आँखा, छाला र स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ भन्ने कुरा पनि उनीहरूलाई बुझाउनुहोस् ।

छोराछोरीलाई फोनबाट टाढा राख्न अभिभावक आफैंले मोबाइलबाट टाढा बस्नुपर्छ । वास्तवमा बच्चाहरूले आफ्ना आमाबाबुबाट सबै राम्रा र खराब बानीहरू सिक्छन् । यस्तो अवस्थामा बालबालिकाको अगाडि कम मात्र मोबाइलको प्रयोग गर्नुहोस् र बालबालिकालाई यसबाट टाढा रहन सल्लाह दिनुपर्छ ।

आमाबुवाको इन्कारका बाबजुद पनि बच्चाहरु फोनबाट टाढा हुन मान्दैनन् । त्यसैले यस्तो अवस्थामा बच्चालाई अन्य काममा लगाउन सकिन्छ । बच्चालाई उसको मनपर्ने गतिविधि गर्न सल्लाह दिएर उसलाई फोनबाट टाढा राख्न सकिन्छ।

कतिपय अवस्थामा आमाबुवाले बालबालिकालाई रोएको देखेर फकाउन अथवा खाना खाएन भनेर फोन देखाउँने गर्छन् । जसले गर्दा सानैदेखि बालबालिका फोनको लतको सिकार हुन्छन् । त्यसकारण बच्चाहरूलाई आफ्नो फोन देखाएर फकाउने नगर्नुहोस्।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update