Kath khabar
रातो खुर्सानी वा हरियो खुर्सानी, स्वास्थ्यका लागि कुन बढी फाइदाजनक ?


                          काठमाडौं, चैत ९ । नेपाली खानामा खुर्सानीको प्रयोग निकै महत्वपूर्ण मानिन्छ । यसलाई महत्त्वपूर्ण मसला मानिन्छ, जसले स्वादमा तिखोपन दिने काम गर्छ । कसैलाई रातो खुर्सानीको स्वाद बढी मन पर्छ भने कसैलाई हरियो खुर्सानी । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। जसमा तातो स्वाद हुन्छ।

रातो खुर्सानीको कुरा गर्ने हो भने एक चम्चा रातो खुर्सानीमा क्यालोरी ६, पानी ८८ प्रतिशत, प्रोटिन ०.३ ग्राम, कार्बोहाइड्रेट १.३ ग्राम, चिनी ०.८ ग्राम, फाइबर ०.२ ग्राम र फ्याट ०.१ ग्राम हुन्छ । यसका अलावा यसमा भिटामिन सी, भिटामिन बी६, भिटामिन के १, पोटासियम, कपर र भिटामिन ए पनि पाइन्छ, जुन हाम्रो स्वास्थ्यका लागि आवश्यक तत्व हुन्।

हरियो खुर्सानीमा पौष्टिकताको कुरा गर्ने हो भने एक कप खुर्सानीमा २९ क्यालोरी, ५२.७६ प्रतिशत भिटामिन सी, ३६.८० प्रतिशत सोडियम, २३.१३ प्रतिशत आइरन, १८.२९ प्रतिशत भिटामिन बी९, १२.८५ प्रतिशत भिटामिन बी६ पाइन्छ । यसका अलावा यसमा भिटामिन ए, बी, सी, ई, पी, म्याग्नेसियम, पोटासियम, फाइबर पनि पाइन्छ।

रातो खुर्सानीको धुलोलाई हरियो खुर्सानीसँग तुलना गर्ने हो भने हरियो खुर्सानी स्वास्थ्यका लागि राम्रो हुन्छ । हरियो खुर्सानीमा धेरै मात्रामा पानी पाइन्छ र यसमा क्यालोरी पनि नगण्य हुन्छ । हरियो खुर्सानीमा बीटा क्यारोटिन, एन्टिअक्सिडेन्ट र एन्डोर्फिन पनि प्रशस्त मात्रामा पाइन्छ भने रातो खुर्सानीको अत्यधिक सेवनले आन्तरिक सुजन निम्त्याउन सक्छ।

हरियो खुर्सानीको फाइदाको बारेमा कुरा गर्दा यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र इन्सुलिनको मात्रालाई नियन्त्रण गरेर उच्च चिनीको मात्रालाई नियन्त्रण गर्ने काम गर्छ।यसका साथै यसले पाचनलाई बढावा दिन्छ, छालालाई स्वस्थ राख्छ । बिटा क्यारोटिनको कारणले मुटुलाई पनि राम्रो राख्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले मेटाबोलिज्मलाई गति दिई तौल घटाउन पनि मद्दत गर्छ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update