Kath khabar
मेकअपको लागि ब्यूटी ब्लेन्डर कसरी प्रयोग गर्ने ?

 

                   काठमाडौं, चैत २१ । ब्यूटी ब्लेन्डर महिलाको मेकअप किटको एक महत्त्वपूर्ण भाग मानिन्छ ।  महिलाहरू नरम मेकअप लुक प्राप्त गर्न ब्युटी ब्लेन्डरको प्रयोग गर्छन् । बजारमा धेरै प्रकारका ब्युटी ब्लेन्डरहरू पनि उपलब्ध छन् । तर के तपाईलाई ब्यूटी ब्लेन्डर प्रयोग गर्ने सही तरिका थाहा छ ? ब्युटी ब्लेन्डर प्रयोग गर्ने टिप्स जानौं -
 

ब्यूटी ब्लेन्डरलाई भिजाउनुहोस् : राम्रो मेकअप लुक पाउनको लागि तपाईले भिजेको ब्यूटी ब्लेन्डर प्रयोग गर्न सक्नुहुन्छ।  मेकअप गर्नुअघि ब्यूटी ब्लेन्डरलाई पानीमा हालेर ननिचोर्नुहोस् । यसबाट तपाईँलाई मेकअप लगाउन कुनै समस्या पर्दैन ।

कलरफुल ब्युटी ब्लेन्डर :  बजारमा रंगीन ब्लेन्डरहरू सजिलै पाइन्छ। तर धेरै कम व्यक्तिहरूले कलरफुल ब्यूटी ब्लेन्डरलाई सही रूपमा प्रयोग गर्ने गर्छन्। गुलाबी रंगको ब्यूटी ब्लेन्डर मेकअप गर्दा फाउन्डेसन लगाउन प्रयोग गरिन्छ। अनुहारमा मोइस्चराइजर र सीरम लगाउन सेतो ब्यूटी ब्लेन्डर प्रयोग गर्नु राम्रो हुन्छ।

ब्यूटी ब्लेन्डरको सहि प्रयोग : ब्यूटी ब्लेन्डरलाई सही तरिकाले प्रयोग गर्न नाक र आँखाको मेकअपमा यसको पोइन्ट किनाराले गर्नुहोस् । ब्लेन्डरको गोलाकार भागले गाला र निधारमा मेकअप लगाउनुहोस् । यसले तपाईंको मेकअप लुकलाई निखार्छ ।

डाइरेक्ट मेकअप गर्नबाट जोगिनुहोस : धेरै मानिसहरू ब्युटी ब्लेन्डरलाई प्रत्यक्ष मेकअपमा डुबाएर छालामा लगाउँछन् । तर उत्कृष्ट मेकअप लुक प्राप्त गर्न सबैभन्दा पहिले आफ्नो हातमा फाउण्डेसन लिनुहोस् । यसलाई ब्लेन्डरको मद्दतले अनुहारमा लगाउनुहोस् । यसो गर्दा तपाईको पूरै अनुहारमा मेकअप राम्रोसँग लाग्छ ।

ब्यूटी ब्लेन्डरले ट्याप गर्नुहोस् : धेरै महिलाहरूले ब्लेन्डर तान्दै मेकअप लगाउँछन् । तर मेकअप गर्दा ब्युटी ब्लेन्डरमा ट्याप गर्नु राम्रो हुन्छ । यसले तपाईंको मेकअप लुकमा नरम फिनिशिङ टच दिन्छ ।

ड्राई ब्यूटी ब्लेन्डरको मद्दत लिनुहोस् : कहिलेकाहीँ गाला र आँखाको मेकअप धेरै हुन्छ। यस्तो  अवस्थामा तपाईं मेकअप सन्तुलन गर्न ड्राई ब्यूटी ब्लेन्डर प्रयोग गर्न सक्नुहुन्छ । यसबाट तपाईंले सबै मेकअप हटाउनु पर्दैन र तपाईको मेकअप लुक परफेक्ट देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update