Kath khabar
४५ वर्षकी चञ्चलकलीको सुँड कसले काट्यो ?

 

                 चितवन, चैत २२ । सौराहामा रहेकी ४५ वर्षीया हात्ती चञ्चलकलीको सुँड काटिएको छ । अज्ञात समूहले गएराति सुँड काटेर भागेको निकुञ्जले जनाएको छ ।

पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको नाममा रहेको चञ्चलकली हात्तीको सुँड धारिलो हतियार प्रयोग गरी सुँडको माथिल्लो भाग काटिएको हो । मंगलबार राति हात्ती कराउन थालेपछि गएर हेर्दा खतिवडाले सुँड काटिएको अवस्थामा भेटेका थिए । हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताए ।

निकुञ्जले सुँड काट्नेको खोजी गरिरहेको जनाएको छ । उनका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड ६ इन्च काटिएको छ।  यो घटनामा चितवन प्रहरीले अनुसन्धान सुरु गरेको छ । कानुन अनुसार यसरी संरक्षिण क्षेत्रभित्र जंगली जनावरमाथि आक्रमण गर्नु आपराधिक काम हो । 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update