Kath khabar
चितवन निकुञ्जमा एकैदिन २ मृत गैंडाका 'केटाकेटी' भेटिए

 

                चितवन, चैत २९ ।  चितवन राष्ट्रिय निकुञ्जमा एकै दिनमा २ मृत केटाकेटी (गैंडाका बच्चा) भेटिएका छन्। 

निकुञ्ज कार्यालयले दिएको जानकारी अनुसार अमलटारी सेक्टर र बगई माडी सेक्टरमा गैंडाका बच्चाहरू मृत भेटिएका हुन्। सोमबार दिउँसो अमलटारी सेक्टरको मर्दी घोलस्थित कोर क्षेत्रमा अन्दाजी ७ महिनाको गैंडाको पोथी बच्चा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

खाग नपलाएको बच्चाको भाले गैंडाको आक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ। सोही दिन बगई माडी सेक्टरमा पर्ने रिउ खोलाको दक्षिण किनारस्थित मध्यवर्ती क्षेत्रको काँसघारीमा गैंडाको भाले बच्चा (केटो) मृत भेटिएको थियो। स्थानीयको सूचना प्राप्त भएपश्चात् सेक्टरको टोली घटनास्थलमा पुग्दा बच्चा मृत अवस्थामा भेटिएको तिवारीले बताए।

अन्दाजी ६ महिनाको केटोको बाघको आक्रमणबाट मृत्यु भएको हो। योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७९/०८० मा मृत्यु हुने गैंडाको संख्या १६ पुगेको छ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update