Kath khabar
दैनिक कति पाइला हिड्दा मोटोपना नियन्त्रण हुन्छ ?

 

                      काठमाडौं, वैशाख ५ । बदलिँदो जीवनशैली र खानपानका कारण शरीरमा बोसो बढ्छ । मोटोपना घटाउन मानिसहरु विभिन्न उपाय अपनाउने गर्छन् । यसको लागि चिकित्सकहरुले व्यायामसँगै खानपानमा पनि परिवर्तन गर्न आग्रह गरेका छन् ।

धेरै भुटेको, मसालेदार फ्याटी फास्ट फूड खाँदा मानिसको शरीरमा बोसो र तौल बढ्छ । सानै उमेरमा मोटोपनाको शिकार भएका मानिसहरूले पनि धेरै पटक अप्ठ्यारोको सामना गर्नुपर्ने हुन्छ। तर बिहान र बेलुका नियमित हिड्दा मोटोपनालाई नियन्त्रण गर्न सकिन्छ ।

पेटको बोसो दैनिक १०,००० पाइला हिड्दा नियन्त्रण गर्न सकिन्छ। यसले उच्च रक्तचाप र हृदय रोग जस्ता अवस्थाहरूको जोखिम कम गर्न मद्दत गर्न सक्छ। यसले शरीरलाई फिट र स्वस्थ राख्छ। राम्रो स्वास्थ्यको लागि यसलाई नियमित रूपमा पालना गर्नुपर्छ।

सही तरिका र सही समय थाहा भएमा हिड्दा तौल घटाउन सकिन्छ। तपाइँको तौल घट्नु पनि तपाइँ कति लामो र कुन गतिमा हिड्नुमा निर्भर गर्दछ। यसका साथै तौल घटाउनमा आहारको पनि ठूलो भूमिका हुन्छ। शारीरिक क्रियाकलापका साथसाथै आहारको माध्यमबाट क्यालोरी घटाउनाले तौल घटाउन धेरै हदसम्म मद्दत गर्छ।

यदि तपाइँ नियमित रूपमा हिँड्नुहुन्छ भने यसले क्यालोरी बर्न गर्दछ। हिड्नु तौल घटाउने एकदमै सजिलो उपाय हो। यदि तपाईं आफ्नो तौल नियन्त्रणमा र छिट्टै घटाउन चाहनुहुन्छ भने, तपाईंले दैनिक १०,००० पाइला हिँड्नुपर्छ। यदि तपाइँ भर्खरै सुरु गर्दै हुनुहुन्छ भने २००० बाट सुरु गर्नुहोस् । त्यसपछि बिस्तारै बढाउनुहोस् र प्रति दिन १० हजार गर्नुहोस्।

बिहान र साँझ दुवै समय तपाई हिड्न सक्नुहुन्छ। यसका साथै ताजा हरियो सागसब्जी, फलफूल, अनाज, दाल, कम बोसो भएको दुग्धजन्य पदार्थ, प्रोटिन, स्वस्थ बोसो आदि खानेकुरामा समावेश गर्नुहोस्। यसले मोटोपना चाँडै घटाउन मद्दत गर्नेछ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update