Kath khabar
मुस्ताङमा चोरी गरी फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ


              काठमाडौं, वैशाख १९ । मुस्ताङ वारागुङ गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट नगद पाँच लाख रूपैयाँ चोरी गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका–२ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते उक्त नगद चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका–५ जगातिबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update