Kath khabar
पर्यटनमन्त्री सुदन किराँतीले भने - मैले घुस नखाँदा पापीहरु बौलाउन थाले

 

               काठमाडौं, जेठ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू बौलाएको बताएका छन् ।

पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै उनले सामाजिक सञ्जाल मार्फत आरोप प्रमाणित भए एक मिनेट पनि आफू पदमा नबस्ने घोषणा गरेका छन् ।

उनले भनेका छन् -

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला १ प्रमाणित गर म एक मिनेट बस्दिन।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update