Kath khabar
हिन्दु धर्म अनुसार घरमा पूजा गर्ने कोठा कुन दिशामा र कस्तो हुनुपर्छ ?


                 काठमाडौं, असार ४ । सनातन हिन्दु धर्मको संस्कार अनुसार कुनै पनि जग्गामा बनेको घर वा भवनको जमिन सतहको उत्तर-पूर्व (ईशान कोण) मा मन्दिर बनाई शुद्ध भएको समयमा पूजा गर्नु अति राम्रो हो । बाँकी अरु दिशातिर निषेध गरिएको छ । तर घडेरी जग्गाको स्वरूप सम्भव नभएको अवस्थामा उत्तर-पश्चिम कोणलाई पनि जमिन सतहको उत्तर-पश्चिम कोणमा पूजाकोठा शुभ नै मानिन्छ भन्ने भनाई पाइन्छ ।

 यस किसिमको तरिकाले घर बनाउँदा अति राम्रो हुन्छ -
१. पूजा कोठाको नजिक फोहर, कुचो आदि राख्नु हुँदैन र प्राचीन मन्दिरबाट ल्याएको प्रतिमा पनि राख्नु हुँदैन ।
२. पूजा कोठा सदासर्वदा सफा र पवित्र राख्नुपर्दछ । पूजा कोठामा राखिएको धनसम्पत्ति लुकाउनु हुँदैन ।
३. पूजा कोठामा सुत्नु हुँदैन तर सुत्नु परेमा पर्दा लगाएर सुत्नु पर्दछ । पूजा कोठामा विवाहितलाई निषेध गरिन्छ ।
४. पूजा कोठामा रङ्ग हल्का सेतो र पँहेलो हुनुपर्दछ ।
५. ज्ञान प्राप्तिको लागि पूर्व फर्केर पूजा गर्ने र धन प्राप्तिको लागि उत्तर फर्केर पूजा गर्नु पर्दछ ।
६. देवीदेवताको फोटो उत्तरपट्टिको भित्तामा राख्नु शुभ मानिन्छ ।
७. पूजा गर्दा देवताको मूर्तिको मुख पश्चिमतर्फ र पूजा गर्ने व्यक्तिको मुख पूर्वतर्फ फर्कनु राम्रो मानिन्छ ।
८. देवताको मूर्ति राख्ने अवस्था भएमा मूर्तिलाई दक्षिणतर्फ फर्काएर र पूजा गर्ने व्यक्तिको मुख उत्तर तर्फ हुने गरी राख्नु हुँदैन ।

नोटः

  • वास्तुशास्त्र अनुसार पूजा कोठा नमिलेको खण्डमा जग्गाको ईशान कोणमा गणेश भगवानको फोटो  राखेर वास्तु  सुधार गरी मिलाउन सकिन्छ ।
  •  जानकारी होस् घरको दक्षिण दिशातर्फ फर्केर पूजा गर्नै हुँदैन ।
  •  दक्षिणतर्फ र दक्षिण-पश्चिम तर्फ नैऋृत्य कोणमा हनुमानको झण्डा पोलमा राखी फरफराएर वास्तु सुधार गरी मिलाउन सकिन्छ ।

       

 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update