Kath khabar
वीरगञ्जमा १००० रोपनी क्षेत्रफलमा नयाँ प्राकृतिक चिडियाखाना बन्ने

 

                 काठमाडौं, असार २८ ।  वीरगञ्जमा बन्ने चिडियाखानाको ४ किल्ला तोकिएको छ । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै ४ किल्ला तोकेको हो । मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका-३२ स्थित सबैया साझेदारी वनको ५० हेक्टर (१००० रोपनी) जमिनमा प्राकृतिक चिडियाखाना बन्ने छ ।

मन्त्रालयका अनुसार पूर्वमा रामवन बस्ती, पश्चिममा सोलखपुर जाने बाटो, उत्तरमा १० बिगाहा फेन्स देखि भेडाहा खोला जाने बाटो र दक्षिणमा टिकघारे क्षेत्र भित्रको सामुदायिक वनलाई प्राकृतिक चिडियाखाना बनाइने भएको छ । सरकारले २७ भदौ २०७९ मै सामुदायिक वन स्थापना गर्ने निर्णय गरेको थियो । सोही अनुसार ४ किल्ला तोकिएको मन्त्रालयले जनाएको छ ।

चिडियाखानाका लागि अर्थमन्त्रालयले १० करोड रुपैयाँका लागि सहमति पनि दिइसकेको वन मन्त्रालयले जनाएको छ । जसबाट चिडियाखानाको क्षेत्रमा तारबार गर्न, गुरुयोजना बनाउने लगायत काममा खर्चिने छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update