Kath khabar
वास्तुशास्त्र अनुसार सुत्ने कोठाको अवस्था कस्तो हुनुपर्छ ?


                काठमाडौं, असार ३१ । वास्तु शास्त्रमा दिशाले ठूलो भूमिका खेल्छ। कुन कक्ष कुन दिशा पट्टि बनाउन हुन्छ वा हुदैन भन्ने कुरा वास्तु शास्त्रमा उल्लेख गरिएको छ । हामी नेपालको हिन्दु संस्कारलाई अंगीकार गरी आफ्नो दैनिक प्रयोगमा ल्याउँछौं ।

रातमा वा दिनमा हामीले आराम गर्ने र सुत्ने कोठा बेडरुम नै हो । त्यसकारण सुत्ने कोठा वास्तु अनुसार बनेको हुनुपर्दछ। बेडरुम निर्माणमा निम्न कुराहरु ख्याल गर्नु पर्ने हुन्छ :

क) सुत्ने कोठा (बेडरुम)को अवस्था दक्षिण तर्फको कोठा, पूर्व तर्फको कोठा र पश्चिम तर्फको कोठामा सुत्ने कोठा बनाउनु राम्रो हुन्छ । अनि सुत्ने व्यक्तिको सिरानी दक्षिण तर्फ हुनुपर्दछ । जसले गर्दा सुत्ने व्यक्तिलाई सुत्दाको अवस्थामा श्वासप्रश्वासमा सजिलो र सुविधा हुन्छ । प्राण वायु अक्सिजनको राम्रो प्रवाह र सञ्चालन हुने हुँदा राम्रो हुन्छ ।

ख) सुत्ने कोठाको भित्र पस्ने ढोका देब्रे हातले खोल्ने गरी फिक्स गरेको हुनु पर्दछ । विषेश गरी कोठा मा जाने ढोका उत्तरबाट दक्षिण अनुहार पर्ने गरी जाने हुनुपर्दछ ।

ग) सुत्ने कोठाको भित्र पस्ने ढोका देब्रे हातले खोल्ने गरी फिक्स गरेको हुनु पर्दछ । यदि  कोठामा ढोका उत्तरबाट दक्षिण अनुहार पर्ने गरी नभए कोठाको ढोका पूर्वबाट पश्चिमपट्टि अनुहार पर्ने गरी जाने हुनुपर्दछ । सकेसम्म हरेक कोठाको ढोका ईशान कोणबाट बेडरुममा जाने हुनु राम्रो हुन्छ ।

घ) बच्चाको लागि सुत्ने कोठाको भित्र पस्ने ढोका देब्रे हातले खोल्ने गरी फिक्स गरेको हुनु पर्दछ ।  सुत्दाखेरी पूर्वतिर सिरानी पर्नेगरी सुत्नु राम्रो हुन्छ ।

ङ)  सुत्ने कोठाको ढोका प्रायः उत्तर अनुहार पर्ने गरी जाने हुन्छ । यसरी ढोका फिक्स गरेकोमा गलत हुन्छ । उत्तरतिर सिरानी पर्नेगरी सुत्नु हुँदै हुदैन ।

च) कोठा भित्र पलङ राख्दा पूर्व र उत्तरतिर बढी ठाउँ छोड्नु राम्रो हुन्छ ।

    नोटः शास्त्रमा उल्लेख भए अनुसार सुत्दा सिरानी राख्ने तरिका
१. सिरानी दक्षिणतिर रहे = दीर्घ आयु
२. सिरानी पूर्वतिर रहे = ज्ञान आर्जन
३. सिरानी पश्चिमतिर सँधै रहे = दुःख, शोक आदि
४. सिरानी सँधै उत्तरतिर रहे = मृत्युको कारण

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update