Kath khabar
घरमा भान्छा कोठाको स्थान निर्धारण कसरी गर्ने  ?

 

                 काठमाडौं, साउन ३ । हिन्दु परम्परा अनुसार घरमा भान्छा कोठा अति महत्वपूर्ण स्थान हो । वास्तुशास्त्रमा भान्साको बारेमा पनि केही नियमहरू छन् । वास्तुशास्त्रमा भान्साको बारेमा पनि केही नियमहरू छन् ।

घरमा खाना पकाउने ठाउँ भनेको वास्तुशास्त्रअनुसार घरको दक्षिण-पूर्व (अग्नेय कोण) मा बनाउनु पर्दछ । खाना पकाउने स्ल्याव दक्षिण भित्ता र पूर्वी भित्तामा हुनुपर्दछ । किनभने भान्छाको दक्षिण पूर्व किनारामा पूर्वतिर फर्केर खाना पकाउन राम्रो मानिन्छ । यसरी पकाएको खाना स्वास्थ्यको लागि राम्रो र रोग व्याधी फैलिने छैन भन्ने मान्यता छ । किनभने हामी पृथ्वीको उत्तरी गोलार्द्धमा छौं । त्यसैले हाम्रो घरको  दक्षिण-पूर्व (अग्नेय कोण) मा बिहान देखि बेलुका सम्मै सूर्यको किरण पर्दछ । सूर्यको किरणले सारा ब्याक्टेरिया भाइरस नष्ट गर्दछ । त्यसैले दक्षिण-पूर्व (अग्नेय कोण) मा खाना पकाउनु राम्रो मानिएको हो ।

१. दक्षिण-पूर्व (अग्नेय कोण)मा पाकेको खाना पूर्व तर्फ फर्केर र पश्चिम तर्फ फर्केर खानु पर्दछ ।
२. दक्षिण-पूर्व (अग्नेय कोण)मा पाकेको खाना दक्षिण तर्फ फर्केर खानु हुदैन ।
३. दक्षिण-पूर्व (अग्नेय कोण)मा पाकेको खाना उत्तरा तर्फ फर्केर खानुमा ब्रजित गरेको छैन् ।
४. भान्छा कोठामा गह्रों किसिमको सामान राख्दा कोठाको दक्षिण दिशातिर राख्नु राम्रो हुन्छ ।  
५. भान्छा कोठामा फ्रिज राख्नुपरेमा भान्छा कोठाको दक्षिण-पश्चिम कुनामा राख्नु राम्रो हुन्छ तर अरु ठाउँमा राख्नु हुदैन ।
६. भान्छा कोठा जतिसुकै कोठा नमिले पनि उत्तर-पूर्व कुना र दक्षिण-पश्चिम कुनामा बनाउनु हुदैन ।
७. भान्छा कोठामा भाँडा माझ्ने ठाउँ दक्षिण तर्फको गारोलाई नौ भाग लगाउने त्यसको बिचको भागमा बनाउनु पर्दछ ।
८. भान्छा कोठामा राखिएको दराजमा भाँडाकुँडाहरू भरिभराउ गरी राख्नु पर्दछ ।

यदि घरमा भान्छा कोठा नमिलेर उत्तर-पश्चिम कोणमा बनाउनु परेमा अग्नेय कोणमा एउटा रातो बल्ब वा घ्यूको  दियो बालीराख्नु राम्रो हुन्छ ।

 

 

 


 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update