Kath khabar
घरमा परिवारको सदस्यहरूले यसरी गर्नुहोस् पैसा र सुनको गहना राख्ने ठाउँको निर्धारण


                 काठमाडौं, साउन ४ । विशेषगरी घरमा परिवारका सदस्यहरूले आ-आफ्नो पैसा तथा सुनको गहनाहरु सुरक्षाका लागि विभिन्न ठाउँमा राख्ने गर्दछन् । तर वास्तुशास्त्रले कुवेरको ठाउँ निर्धारण गर्दछ ।

वास्तुअनुसार धन राख्ने दराजलाई सही दिशामा राखे नकारात्मक ऊर्जालाई सकारात्मक उर्जा प्रदान गरी आर्थिक लाभ लिन सकिन्छ । तर यदि सही दिशा र स्थानको पहिचान गर्न नसके उल्टै हानी समेत हुनसक्छ ।

धन राख्नका लागि सही दिशा तथा ठाउँ कस्तो हुनुपर्छ ?

१. घरमुलीको सुत्ने कोठा दक्षिण-पश्चिमको भाग राम्रो र सिरानी दक्षिणतिर हुनु राम्रो मानिन्छ । यो कोठाको उत्तर भागलाई नौ भाग लगाउने र बिचको खण्डमा कुबेरको ठाउँ पर्दछ । यो ठाउँमा दराज बनाएर आ-आफ्नो पैसा र सुनको गहना राख्नु पर्दछ ।

२. बच्चाको सुत्ने कोठा उत्तर-पश्चिम, उत्तर र उत्तर-पूर्वको भाग राम्रो र सिरानी पूर्वतिर हुनु राम्रो मानिन्छ । बच्चाको सुत्ने कोठामा उसको खेलौना राख्नु हुदैन । यो कोठाको उत्तर भागलाई नौ भाग लगाउने र बिचको खण्डमा कुबेरको ठाउँ पर्दछ । यो ठाउँमा दराज बनाएर बच्चाको पैसा र सुनको गहना राख्नु पर्दछ ।

३. घरमुलीको छोरा, नव-दम्पितिको सुत्ने कोठा, उत्तर र पूर्वको भाग राम्रो र सिरानी पूर्वतिर हुनु राम्रो मानिन्छ । यो कोठा कम चौडा र अलि लामो हुनुपर्दछ । यो कोठाको उत्तर भागलाई नौ भाग लगाउने र बिचको खण्डमा कुबेरको ठाउँ पर्दछ । यो ठाउँमा दराज बनाएर उनीहरूको पैसा र सुनको गहना राख्नु पर्दछ ।

४. घरमुलीको छोरीको कोठा उत्तर-पश्चिमको भाग राम्रो र सिरानी पूर्वतिर हुनु राम्रो मानिन्छ । यो कोठा कम चौडा र अलि लामो हुनुपर्दछ । यो कोठाको उत्तर भागलाई नौ भाग लगाउने र बिचको खण्डमा कुबेरको ठाउँ पर्दछ । यो ठाउँमा दराज बनाएर उसको पैसा र सुनको गहना राख्नु पर्दछ ।

    

 

      

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update