Kath khabar
घरको कुन दिशामा शौचालय बनाउँने ?

 

                काठमाडौं, साउन ७ ।  घर घडेरीको विकास हुनु भन्दा केही समय अगाडि घरभित्र शौचालय बनाउने चलन थिएन । त्यतिबेला जग्गा ठूलो हुने हुँदा घर बाहिर बिशेष गरी घरको दक्षिण तर्फ शौचालय बनाउने गरिन्थ्यो ।

घरभित्र शौचालय बनाउनु परेमा  पश्चिम दिशााको बायाँबाट केही फुट छोडी दक्षिण तिर बनाउँदा राम्रो मानिन्छ । यदि शौचालय पूर्व-उत्तरमा छ भने घरमूलीको स्वास्थ्यमा समस्या आइरहन्छ र घरको आर्थिक अवस्थामा पनि नकारात्मक प्रभाव पार्दछ ।

झ्याल राख्दा उत्तरतर्फ वा पूर्वतर्फ वा दक्षिणतर्फ एउटामात्र राख्नु राम्रो हुन्छ । शौचालयको पूर्व र पश्चिम लम्बाई भन्दा उत्तर–दक्षिणको लम्बाई लामो हुनुपर्छ । शौचालय प्रयोग गर्ने व्यक्तिको अनुहार उत्तर तर्फ वा दक्षिणतिर फर्केको हुनुपर्छ । शौचालयको लागि नैऋृत्य कोण सबैभन्दा राम्रो हुन्छ । शौचालयको प्रवेश गर्ने ढोका पश्चिमबाट वा अग्नेयकोणमा खोल्ने हुनुपर्दछ । शौचालय ईशान कोणमा बनाउनु हुदैन ।

 

 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update