Kath khabar
घरमा प्रवेश गर्ने मूलढोका कस्तो हुनुपर्छ ?

 

                  काठमाडौं, साउन १४ । हरेक घरको मूलढोकालाई घरको अनुकूल स्थिति हेरेर बनाउनु धेरै राम्रो हुन्छ । घरधनीले आफ्नो राशिअनुसार घरको मूलढोका राखेको हुन्छ । उसको मृत्युपछि त्यो घर रहिरहने हुँदा उनको सन्तानहरूको बसोबासमा फरक पर्न जाने हुन्छ । तसर्थ घरको लागि मूलढोका घरको सही ठाउँमा राख्नु सधैँको लागि राम्रो हुन्छ ।

प्रायः घरको मूलढोकाको चौकोस ३ फिट ६ इन्च चौडा र ८ फिट ३ इन्च उचाइ भएको हुनु राम्रो मानिन्छ ।  घरमा प्रवेश गर्ने मूलढोका सुन्दर, विभिन्न बुट्टा भएको राख्नु राम्रो हुन्छ ।

घरको मूलढोका राख्ने ठाउँ र दिशा
१. उत्तर-पूर्व , उत्तर दिशा = आर्थिक लाभको लागि  
२. उत्तर-पूर्व, पूर्व दिशा = शान्ति र ज्ञान प्राप्तको लागि  
३. उत्तर-पश्चिम , पश्चिम दिशा= सफलता प्राप्तको लागि  
४. उत्तर-पश्चिम = हुँदैन
५. दक्षिण दिशा = हुँदैन, हानि गराउँछ
६.  पश्चिम-दक्षिण= हुँदैन, हानि गराउँछ
      अ. ढोकाहरूको संख्या जोर सङ्ख्यामा हुनुपर्दछ ।
      आ. झ्याल र भेन्टिलेसनको संख्या पनि जोर सङ्ख्यामा हुनुपर्दछ ।
      इ. कोठाको ढोका र झ्यालहरू एक अर्कोसँग विपरीत दिशामा हुनुपर्छ ।
      ई. कोठाको ढोका उचित ठाउँमा बनाउनु राम्रो हुन्छ ।
      उ. आमुन्ने र सामुन्ने बनेको ढोका र झ्यालहरूको चौडाइ बराबर हुनुपर्दछ ।
      ऊ. घरको कोठाको सबै ढोकाहरू देब्रे हातले खोल्ने बनाएमा राम्रो हुन्छ ।

यदि घर बनिसकेको छ तर ढोका र अरु चिजको वास्तु मिलेको छैन भने घरको उत्तर दिशाको वालमा ठूलो ऐना राख्नुपर्छ । घरको ईशान कोणमा गणेशको फोटो राख्ने तथा घरको पश्चिम-दक्षिण दिशामा हनुमानको झण्डा फलामको पाइप १२ फिट ६ इन्च अग्लो बनाइ राखी सुधार गर्न सकिन्छ ।
            

             


 

 

 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update