Kath khabar
१ वर्षमा २३ जना विदेशी पर्यटकले ज्यान गुमाए सोलुखुम्बुमा

 

              सोलुुखुम्बु, साउन १७ ।  सोलुुखुम्बुमा एक वर्षमा २३ जना विदेशी पर्यटकको ज्यान गएको छ । ३ जना बेपत्ता भएका छन् ।

आर्थिक वर्ष २०७९/८० मा सगरमाथा क्षेत्र घुम्न पुगेका २३ जना विदेशी पर्यटकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ज्यान गुमाउनेमा मेक्सिकोका ५ जना, भारतका ४ जना, फ्रान्स र क्यानडाका २/२ जना रहेका छन् ।

बेलायत, दक्षिण कोरिया, स्लोभाकिया, जापान, अष्ट्रेलिया, अमेरिका, माल्डोवा, मलेसिया, चीन र हंगेरीका १/१ जनाले पनि ज्यान गुमाएका छन् ।

मेक्सिकोका ५ जनाले हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका हुन् भने बाँकीले माथिल्लो क्षेत्रमा लेक लागेर तथा अरु दुर्घटनामा परेर ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिनुभयो ।

अष्ट्रेलिया, मलेसिया र सिंगापुरका १/१ जना गरी ३ जना पर्यटक जेठ ५ गतेदेखि सगरमाथाको आधारशिविर क्षेत्रबाट हराइरहेका उहाँले बताउनुभयो ।  

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update