Kath khabar
सेप्टिक ट्याङ्की घरको कुन दिशामा बनाएको राम्रो ?


                काठमाडौं, साउन १८ । हरेक घरमा ढलको व्यवस्था नभएको ठाऊँमा सेप्टिक ट्याङ्की बनाउनु जरूरी हुन्छ । ट्वाइलेटबाट र भान्छाबाट जाने पानीको पाइपलाई अलग अलग गरी पठाउनुपर्छ ।

सेप्टिक ट्यांकी उत्तर-पूर्वी भागको दायाँ बगलमा बनाउनु पर्दछ । अर्थात ठीक उत्तर-पूर्वी कुना ईशान कोणमा पारेर भने बनाउँनु हुँदैन । सेप्टिक ट्याङ्की दक्षिणपूर्वी भागको दाँया बगलमा बनाउनु सकिन्छ । अर्थात ठीक आग्नेय कोणमा पारेर भने बनाउनु हुँदैन ।

यदि घर बनिसकेको छ, सेप्टिक ट्यांकी र अरु चिजको वास्तु मिलेको छैन भने घरमा तोडफोड नगरी वास्तु सुधारको लागि यस्ता उपाय अपनाएर सुधार गर्न सकिन्छ : -
     क)  घरको उत्तर दिशाको वालमा ठूलो ऐना राख्ने ।
     ख) घरको ईशान कोणमा गणेशको फोटो राख्ने ।
     ग)  घरको पश्चिम-दक्षिण दिशामा हनुमालको झण्डा फलामको पाइप १२ फिट ६ इन्च अग्लोमा राखी सुधार गरिन्छ ।
     घ) घरको उत्तर-पूर्व दिशाको वालमा धारा राख्ने ।
     ङ) घरको उत्तर दिशाको वालमा हरियो रङ लगाउने ।

                                                   

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update