Kath khabar
गुणस्तरीय भित्री वस्त्रको पहिचान कसरी गर्ने ?


                      ललितपुर, साउन २२ । भित्री अंगका लागि प्रयोग गरिने वस्त्र लगाउँदा विशेष ख्याल गर्नुपर्छ । प्रजनन स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले भित्री वस्त्रको बारेमा संवेदनशिल हुनैपर्छ ।

प्रायः मानिसहरु भित्री वस्त्र किन्दा कस्तो किन्ने भनेर ख्याल गर्दैनन् । अनि बाहिरी कपडाको जस्तो गुणस्तर पनि हेर्ने गर्दैनन् । तर भित्री अंगका लागि प्रयोग गरिने वस्त्र अझै गुणस्तरीय हुन जरुरी हुन्छ । गुणस्तररहित भित्री कपडा लगाउँदा संक्रमण हुन सक्ने खतरा रहन्छ । जसका कारण यौनाङ्गमा गम्भीर समस्या निम्तिन सक्छ ।  यस्ता कपडा किन्दा महिला वा पुरुष दुवैले विशेष ध्यान दिन जरुरी छ ।

भित्री वस्त्र लगाउँदा सहज हुनुपर्छ, कस्सिने हामीले लगाउनु हुँदैन । भित्री वस्त्रका लागि सुती नै सही हुन्छ। सुतीको भित्री वस्त्र लगाउँदा सिल्क वा सिन्थेटिकको जस्तो समस्या हुँदैन । सिल्क वा सिन्थेटिकमा हावा पस्दैन । यसले छालाको इन्फेक्सन हुनसक्छ । हाल कतिपय मानिसहरुले आफ्नो स्वास्थ्यलाई  ध्यानमा राखेर सुतीकै भित्री वस्त्रहरु किनेको पाइन्छ । 

बजारमा पनि पोलिस्टरको भन्दा सुतीको भित्री वस्त्र बढि बिक्री तथा माग भएको पाइएको छ । सस्तो र बढि पोलिस्टर मिश्रित भित्री वस्त्रको प्रयोगले महिलाको स्तनमा समस्या आउने, पाठेघरमा गन्ध आउने जस्ता समस्याहरु कतिपय महिलाहरुमा देखिएको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. समिता अर्पित बताउनुहुन्छ ।

यस्तो समस्या आउन नदिनका लागि बाहिरी लुगा जस्तै हामीले भित्री लुगामा पनि ध्यान दिनुपर्दछ । त्यसैलाई मध्यनजर गर्दै ललितपुरको सानागाउँस्थित भित्री वस्त्र पसल जुन भाटभटेनीबाट २०० मि को दूरीमा रहेको छ । यहाँ साना बच्चादेखि, महिला पुरुष दुवैलाई हुने उच्चस्तरको कटन तथा सुतीका विभिन्न प्रकारका भित्री वस्त्रहरू सर्वसुलभ मूल्यमा पाइन्छ । 

हाल भित्री वस्त्र पसलमा स्पोर्टस ब्रा, कटन ब्रा, बेबी ब्रा, पुस अप ब्रा, सिम्लेस ब्रा, पिरेड पेन्टी, सिम्लेस पेन्टी, नेट पेन्टी तथा सिजन अनुसारका मोजा, लेडिज जुम्बा सेट, सानादेखि ठूलासम्मलाई हुने सामाग्रीहरु थोक तथा खुद्रा दुवै मूल्यमा उपलब्ध रहेको पसलका सञ्चालिका लक्ष्मी खड्का बताउनुहुन्छ ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update