Kath khabar
घरको छत माथि राखिने पानी ट्याङ्कीलाई कुन दिशामा राख्ने ?


                 काठमाडौं, साउन २६ । घर बनिसकेपछि घरको छत माथि राखिने पोलिथिनको पानी ट्याङ्कीलाई ओभरहेड पानी ट्याङ्की भनिन्छ । ओभरहेड पोलिथिनको पानी ट्याङ्की दक्षिण-पश्चिम भागमा बनाउँन सबै भन्दा राम्रो हुन्छ ।

ओभरहेड पोलिथिनको पानी ट्याङ्की उत्तर र उत्तर-पूर्वमा बनाउनु हुँदैन । घरको कोठाहरूको कारणबाट नमिलेको खण्डमा ओभरहेड ट्याङ्की भन्दा कोठा ठूलो बनाउनु पर्दछ । ओभरहेड पोलिथिनको पानी ट्याङ्कीको उत्तर-पूर्वको गारो छुनु हुँदैन ।

यदि घर बनी सकेको छ तर छतमा ओभरहेड पोलिथिनको पानी ट्याङ्की र अरु चिजको वास्तु मिलेको छैन भने घरमा तोडफोड नगरी वास्तु सुधारको लागि यस्ता उपाय अपनाउनुपर्छ -

- घरको उत्तर दिशाको वालमा ठूलो ऐना राख्नुपर्छ ।
- घरको ईशान कोणमा गणेशको फोटो राख्ने ।
- घरको पश्चिम-दक्षिण दिशामा हनुमानको झण्डा फलामको पाइप १२ फिट ६ इन्च अग्लोमा राखी सुधार गरिन्छ ।
- घरको उत्तर-पूर्व दिशाको वालमा धारा राख्ने ।
- घरको उत्तर दिशाको वालमा हरियो र¨ लगाउने ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update