Kath khabar
राती खाना चाडै किन खाने ?


                काठमाडौं, साउन २९ । रातिको खाना ढिला खाना खाने बित्तिकै सुत्दा अनेकौ समस्याहरु आउन सक्छ । चाडै खाना खाएर २/३ घण्टापछि सुत्दा राम्रो निन्द्रा पर्छ । खानासाथ सुत्दा पाचन प्रणालीमा समस्या देखिन सक्छ । चाडै खाना खाने गर्दा शरीरमा उर्जा राम्रो हुन्छ । कब्जियतको समस्या कम भएर जान्छ ।

राती ढिला खाना खानु स्वास्थ्यका हिसाबले त्यती राम्रो मानिदैन । राती अबेर खाना खादा खानेकुरा पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त उर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।

ढिला खाना खानाले एसीडीटी तथा पेट सम्बन्धी विभिन्न समस्याहरु देखापर्छन । विशेषगरी मोटोपनका कारण चिन्तित भएका मानिसहरुले बेलुकीको खाना चाडै खानुपर्छ । खाना खाएको केहि समयपछि सुत्दा राम्रो निन्द्रा पर्छ । हामीले खाना लिइसकेपछि पनि तत्काल कहिल्यै सुत्ने बानी गर्नुहुँदैन ।

यस अवधिमा हामीले पुस्तक पनि पढ्न सक्छौ । माइल्ड संगीत सुन्न पनि सक्छौ । सङ्गीतले शरीरमा छुट्टै उर्जा ल्याउँछकेहि समय मेडिटेसन पनि गर्न सकिन्छ । शारीरिक तथा मानसिक रुपमा आराम गर्ने समय भएकोले बेलुकी कम खाँदा राम्रो हुन्छ । प्रोटिन र कार्बोहाइड्रेड ठिक्क मात्र भएको खानेकुरा खानुपर्छ । सकभर हामीले मौसम अनुसारको फलफूल सेवन गर्न राम्रो मानिन्छ । निन्द्रा नलाग्ने समस्या भएकाले सुत्नुअघि दूधमा अश्वगन्धा मिसाएर पिउनु धेरै राम्रो हुन्छ ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update