Kath khabar
जमिनमुनि वा भुइँतल्ला मुनिको पानी ट्याङ्की कुन दिशामा बनाउने ?


                  काठमाडौं, भदौ ४ । भुइँतल्लामा राखिने जमिनमुनिको पानी ट्याङ्की घडेरीको उत्तर-पूर्व कुनामा बनाउनु सबै भन्दा राम्रो हुन्छ । जमिनमुनिको पानी ट्याङ्की बनाउँदा पूर्वको गारो छुनु हुँदैन ।

जमिनमुनिको पानी ट्याङ्की कहिल्यै पनि (अग्नेय कोण) दक्षिण-पूर्वको कुनामा बनाउनु हुँदैन । जमिन माथि पानी ट्याङ्की बनाएको खण्डमा दक्षिण-पश्चिम र उत्तर-पश्चिम कुनामा बनाउन सकिन्छ ।

यदि घर बनिसकेको छ, जमिनमुनिको पानी ट्याङ्की र अरु चिजको वास्तु मिलेको छैन भने घरमा तोडफोड नगरी वास्तु सुधारको लागि यस्तो उपाय अपनाउन सकिन्छ -  

 क. घरको उत्तर दिशाको वालमा ठूलो ऐना राख्ने ।
 ख. घरको ईशान कोणमा गणेशको फोटो राख्ने ।
 ग. घरको पश्चिम-दक्षिण दिशामा हनुमानको झण्डा फलामको पाइप १२ फिट ६ इन्च अग्लोमा राखी सुधार गरिन्छ ।
 घ. घरको उत्तर-पूर्व दिशाको वालमा धारा राख्ने ।
 ङ. घरको उत्तर दिशाको वालमा हरियो र¨ लगाउने ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update