Kath khabar
बुद्धनगरस्थित स्कुलभित्रबाट नियन्त्रणमा लिइएको भैंसीको स्नेहाज केयरमा यसरी हुँदैछ उपचार

                      

                   ललितपुर, भदौ ७ । बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल स्कुलभित्र बुधबार बिहान ६ बजे एउटा भैसीले आतंक मच्चायो । भैंसीले आतंक मच्चाएपछि नियन्त्रणमा लिन डिभिजन वन कार्यालयको टोलीले डार्ट प्रयोग गरेर पाँच घन्टापछि नियन्त्रणमा लियो ।

भैंसी नियन्त्रणमा लिन सुरक्षा निकायले नसकेपछि वन कार्यालय स्युचाटारबाट टोली बोलाइएको थियो । स्कुलको कम्पाउण्डभित्र भैंसी प्रवेश गरेपछि छेकबार गरेर राखिएको थियो । उक्त भैंसीको एउटा सिङ भाँचिएको थियो भने नाकमा पनि घाउ लागेको थियो । उक्त भैसी काट्न भनी तयार पारिएको भागेर स्कुलमा पसेको प्रहरीले अनुमान गरेको थियो ।

भैसीलाई नियन्त्रणमा लिएपछि 'स्नेहाज केयर' को एम्बुलेन्समा भैंसीलाई उपचारका लागि लगियो । भैंसीको शरिरमा धेरै चोटपटक लागेको स्नेहाज केयरले जनाएको छ । 

हथौडाले हानेको प्रहार सहन नसकी भैसी पिडामा छटपटिदै बधशालाबाट भागेको स्नेहाज केयरले जनाएको छ । "आफ्नो प्राणको माया तपाईंलाई जति लाग्छ उसलाई पनि त्यत्ति नै लाग्छ र तपाईंलाई घाऊचोट लाग्दा जति पिडा हुन्छ, घाऊचोट लाग्दा उसले पनि त्यति नै पिडा महसुस गर्दछ ।"  स्नेहाज केयरले बताएको छ ।

ललितपुरको भैँसेपाटीमा अवस्थित स्नेहाज केयर छाडा पशु चौपायाको संरक्षण गर्ने संस्था हो । जहाँ धेरै संख्यामा कुकुरलगायतका जनावरहरुले आश्रय पाइरहेका छन् ।

यस संस्थाकी संस्थापक स्नेहा श्रेष्ठ हुन् । आफ्नो घरमा पालिएको कुकुरलाई छिमेकीले नै विष दिएर मारिदिएपछि घरको सदस्य गुमाए जसरी दुखी भएकी स्नेहाले त्यही शोकलाई बिर्साउन सन् २०१५ मा स्नेहाज केयरको स्थापना गरेकी थिइन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update