Kath khabar
नेपाली बजारमा बिवाइडीको ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक



                काठमाडौं, भदौ २६ । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।

कम्पनीले बिवाइडीको यो फ्युचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ ।  बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो । यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज (महासागर श्रृंखला) को पहिलो गाडी हो । बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ । गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ ।

बिवाइडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुवाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको छ । बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी ई–प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ । यो सेल–टू–प्याक (सिटिपी) प्रविधिमा आधारित छ । अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ‘स्यान्डविच’ जस्तो संरचना बनेको छ ।

यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ ।  यो प्लेटफर्मले बौद्धिकता, दक्षता, सुरक्षा, र सौन्दर्य शास्त्रमा क्यापिटलाइज गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update