Kath khabar
नक्कली नागरिकता बनाइदिने भारतीय पक्राउ

 

                  रौतहट, भदौ २७ ।  फर्जी नागरिकता बनाइदिएको खुलेपछि १ भारतीय पक्राउ परेका छन । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुलेपछि पक्राउ परेका हुन । 

फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरुलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुलेपछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाइ पक्राउ गरेको हो । उनलाइ सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुले पछि थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update