Kath khabar
ललितपुरको नख्खुस्थित मन्दिरबाट विभिन्न धनमाल चोरी


                ललितपुर, भदौ २७ । ललितपुर महानगरपालिका–४ नख्खुस्थित श्री चोङछङ मन्दिरको भवनबाट करिब १ तोलाको सुनजस्तो देखिने पहेंलो ब्रासलेट १ थान, क्यामेरा १ थान, चाइनिज युआन १ हजार र सिंगापुर डलर २ सय मंगलबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update