Kath khabar
आफ्नै बुबाको हत्या गरेको अभियोगमा दाङबाट एकजना पक्राउ


                 दाङ, भदौ २९ । आफ्नै बुवा ५१ वर्षीय प्रेम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update