Kath khabar
नेपाल वायु सेवा निगमका सबै जहाजहरु सञ्चालनमा


                  काठमाडौं, कात्तिक १ । नेपाल वायु सेवा निगमका सबै जहाजहरु सञ्चालनमा आएका छन् ।

गत केही दिन देखि निगमका जहाजहरुमा प्राविधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउण्डेड भई उडानहरु प्रभावित भएको हुँदा नियमानुसार आवश्यक मर्मत पश्चात नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा मिति २०८० आश्विन २९ गते देखि सबै जहाजहरु नियमित उडानमा रहेको निगमले जानकारी दिएको छ ।

यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाई आ–आफ्नो गन्तव्यमा पुग्न सहज हुनेछ भन्ने निगमको विश्वास रहेको छ । अल्पकालीन प्राविधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनिकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान प्रतिवद्ध रहेको निगमको भनाई छ ।

साथै, यस्ता समस्याहरु दोहोरिन नदिने गरि काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युवराज अधिकारीले कडा निर्देशन दिदै उक्त जहाज ग्राउण्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न र कतै कसैको कमी कमजोरी भएमा कडा कारवाही समेत हुने भनी निर्देशन दिएको निगमले जानकारी दिएको छ ।

Letter (1)1697615288.JPG

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update