Kath khabar
कैलाली जिल्ला अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी


                  कैलाली, कात्तिक २२ ।  कैलाली जिल्ला अदालतबाट १ थान कटुवा पेस्तोल, ४ थान गोली र ५ वटा मोबाइल सेट चोरी भएको छ । अदालतको अभिलेख शाखाको झ्यालको ग्रिल फोडेर मुद्दाको मिसिलको साथमा रहेका सामान आइतबार राति चोरी भएको हो ।

राति साढे १० देखि ११ बजेको बीचमा चोरी भएको सिसिटिभी फुटेजमा देखिएको जिल्ला अदालतले जनाएको छ । हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको दसीका रूपमा ल्याइएका पेस्तोल, त्यसमा लाग्ने गोली र मोबाइल चोरी भएको कैलाली जिल्ला अदालतका श्रेस्तेदार मानबहादुर विष्टले बताए । ‘झ्यालको ग्रिल तोडेर मुद्दाको दसीका रूपमा आएका सामान चोरी भएका हुन्,’ उनले भने, ‘यसबारे छानबिन गर्न प्रहरीलाई भनेका छौँ ।’  

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update