
पर्सा, मंसिर १ । पर्साको वीरगञ्जमा नक्कली नोट सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३१ का ऋषि लाल पटेल र बाराको कलैया उपमहागरपालिका-३ का उमेश कुमार रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले वीरगञ्जको सिटी मार्केटमा कपडा किनेर नक्कली नोट दिएको सूचना पाए पछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
उनीहरुको साथबाट १ हजार दरका ३८ थान नक्कली नोट फेला परेको थापाले जानकारी दिनुभयो । उनीहरु माथि खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८० १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय