Kath khabar
काठमाडौंमा अनलाइन मार्फत यौन व्यवसाय चलाउँदै आएका ५ जना प्रहरी नियन्त्रणमा

 

                    काठमाडौं, मंसिर १८ ।  अनलाइन मार्फत यौनधन्दा सञ्चालन गर्ने गिरोहलाई प्रहरीले पक्रेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गर्ने ५ जनालाई समातेको हो ।

रामेछाप घर भई ललितपुर बस्ने छत्रबहादुर रोक्का, ओखलढुंगा घर भई कागेश्वरी मनोहरा बस्ने गोपाल थापा, सिन्धुली घर भई कालोपुल बस्ने सेते कार्की, सल्यान घर भई बालाजु बस्ने शिवराज परियार, नुवाकोट घर भई काठमाडौं बस्ने अमृत रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइके रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुले दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वर लगायतका विभिन्न स्थानबाट सामाजिक सञ्जाल मार्फत यौन व्यवसाय चलाउँदै आएका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update