Kath khabar
न्युरोडबाट अवैध ७ किलो सुन सहित 'न्यु ओमपर्ल गोल्ड प्रा लि' का सञ्चालक पक्राउ

 

                 काठमाडौं, मंसिर २० ।  काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले करिब सात किलो सुन बरामद गरेको छ । 

मंगलबार राति न्युरोडस्थित कारखानामा छापा मारेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ ।

उनका अनुसार न्यु ओमपर्ल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानो भर्‍याङ बस्ने ४१ वर्षीय पदम प्रसाद पाण्डे पक्राउ परेका छन्।

प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको छ । बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update