Kath khabar
विराटनगरका युवकमाथि भारतमा गोली प्रहार

 

                     काठमाडौं, मंसिर २५ । विराटनगरका एक युवामाथि नेपाल-भारतको सीमा क्षेत्रमा गोली प्रहार भएको छ।

विराटनगर महानगरपालिका-८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ गोली प्रहार भएको हो । संग्रौलाको बाँया तिघ्रामा गोली लागेको छ । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

आइतबार अपराह्न भारत गएका निर्दोषलाई साँझ घर फर्किदा भारतको रेलवे स्टेशनबाट करिब १०० मिटर टाढा गोली प्रहार भएको हो । संग्रौलाका अनुसार जोगबनीदेखि उत्तर रेलको स्टेशनदेखि माथितिर दक्षिणगेटबाट विराटनगरतर्फ आउँदै गर्दा ८/१० जना केटाहरुको समूहले उनलाई ‘रुक जा नही तो गोली मार्दुंगा’ भन्दै पछाडिबाट गोली प्रहार गरेका थिए । गोली प्रहार गरेपछि उनीहरु भारततर्फ गएको उनले बताएका छन् ।

गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान हुन नसकेको तथा घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update