Kath khabar
पोखराबाट बस चोरेर चितवन पुर्‍याएका १७ वर्षका किशोर पक्राउ


                भरतपुर, मंसिर २५ ।  १७ वर्षका एक किशोर पोखराबाट बस चोरी गरी लैजाँदै गरेको अवस्थामा चितवनबाट पक्राउ परेका छन्।

तनहुँको म्याग्दे गाउँपालिका-३ बस्ने ती किशोर पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस शुक्रबार राति चोरी गरी लैजाने क्रममा चितवनबाट पक्राउ परेको कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

बस चलाउँदै लगिरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको थियो।

पक्राउ परेका किशोरलाई प्रहरीले आइतबार कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update