Kath khabar
ललितपुरको धोबिघाटस्थित ठाडो ढुंगामा गोली चल्यो, एक पक्राउ

 

                        ललितपुर, मंसिर २६ ।  ललितपुरको धोबिघाटस्थित ठाडो ढुंगामा गोली चलेको छ।

ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए। 

पक्राउ पर्नेमा उदयपुरका ४५ वर्षीय अविनाश राई छन्। राईको दाहिने खुट्टामा गोली लागेको छ।  उनको उपचारको लागि ट्रमा सेन्टर लगिएको छ। उनीबाट प्रहरीले कटुवा पेस्तोल र लागुऔषध पनि बरामद गरेको एसपी रेग्मीले बताए।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update