Kath khabar
बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

 
                         काठमाडौं, मंसिर २६ । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा.वडा नं.३२ वस्ने शेर बहादुर मगर र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १४ थसिखेल ५१ वर्षीय दिपेन्द्र कोइरालालाई पक्राउ गरिएको हो ।  

प्रहरी उपरीक्षक रेग्मीका अनुसार पक्राउ परेका मध्ये मगरलाई आइतबार ललितपुरको हात्तीवन र मगरलाई सोमबार ललितपुरकै थसिखेल क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये मगर उपर बैंकिङ कसुर मुद्दामा सात करोड ९७ लाख ५० हजार  बिगो रकम कायम रहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । उनलाई फैसला कार्यान्वयनको लागि भक्तपुर जिल्ला अदालत पठाइएको छ ।

यसैगरी पक्राउ परेका कोइराला उपर पनि उच्च अदालत पाटन ललितपुरको बिसं २०७७ चैत ३१ गतेको फैसलाले नौ लाख जरिवाना र ३६ हजार रुपैयाँ क्षतिपुर्ती भराउने फैसला भएको थियो । सो पश्चात फरार रहेका कोईरालालाई सोमबार पक्राउ गरी ललितपुर जिल्ला अदालत पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update