Kath khabar
छात्राहरु माथि यौन दुर्व्यवहार गर्ने २ शिक्षक पक्राउ

 

                    सिन्धुपाल्चोक, मंसिर २७ ।  छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोपमा २ शिक्षक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ स्थित कमलादेवी माध्यमिक विद्यायलका २ शिक्षक सोही बिद्यालयमा अध्ययनरत १४ र १५ वर्षीया २ छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेल पक्राउ परेका हुन् । 

पिडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिइएको हो । विद्यालयमा अध्ययनरत २ छात्राले जाहेरी दिए पछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update