Kath khabar
धनुषामा ५ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या भएको आशंकामा दुईजना पक्राउ

 

                    महोत्तरी, मंसिर २९ । धनुषामा एक बालिकाको शव फेला परेको छ । तीन दिनदेखि घरनजिकैबाट हराएकी सबैला नगरपालिका ९ सतोखरका राकेश यादवकी ५ वर्षीया छोरी राखीको शव शुक्रबार बिहान फेला परेको हो ।

यादवको शव सतोखर पोखरी नजिकै पानी जमेको खाल्डोमा फेला परेको प्रहरीले जनाएको छ। उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ।

प्रहरीका अनुसार बुधबार साँझ आमासँगै ती बालिका घरबाट एक किमी उत्तरमा रहेको सबैला ९ मा मटकोर हेर्न गएकी थिए । विवाह पञ्चमीको अवसरमा निकालिएको रथ यात्रा हेर्न गएदेखि ती बालिका बेपत्ता भएकी हुन् ।

बालिकाको शवको प्रकृति हेर्दा बलात्कारपछि उनको हत्या भएको आशंका स्थानीयले गरेका छन् । शवको प्रकृतिले घटना शंकास्पद देखिएको र अनुसन्धान भइरहेको धनुषाका एसपी मित्रबन्धु शर्माले बताए ।

बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update