Kath khabar
भक्तपुरबाट पेस्तोल र खैरो हेरोइन सहित दुई जना पक्राउ

 

                    भक्तपुर, मंसिर २९ ।  पेस्तोल र लागुऔषध खैरो हेरोइन सहित भक्तपुरबाट २ जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार भक्तपुरको सुर्यविनायक नगरपालिका-१० नलिन्चोक क्षेत्रबाट इलाम नगरपालिका-९ का ४१ वर्षीय चिरन्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका-२ का लेख बहादुर कार्कीलाई पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी एसपी मिलन केसीका अनुसार त्यस क्षेत्रमा लागु औषध कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीको टोली खटिएको थियो।

पक्राउ परेका २ जनाको साथबाट केएफ ७.६५ लेखिएको ५ राउन्ड गोली लोड भएको म्याग्जीन सहितको पेस्तोल १ थान, पेस्तोलमा लाग्ने खाली म्याग्जिन र ५ ग्राम खैरो हेरोइन बरामद भएको एसपी केसीले जानकारी दिए।

उनीहरूलाई लागुऔषध तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त जगाती पठाइएको एसपी केसीले जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update