Kath khabar
बलम्बुबाट २५ किलो चरेस सहित दुई जना पक्राउ, ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद

 

                   काठमाडौं, पुस १ ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको बलम्बुबाट २ जनालाई पक्राउ गरेको छ ।

२५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।

यस्तै, हिजै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिनुभयो । 

अमेरिकाबाट आयात गरिएको १०८ वटा कार्टुनमा प्याक गरिएको गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले बताए ।

भन्सार कार्यालयलाई प्राप्त गोप्य सूचनाका आधारमा कार्टुनहरू चेकजाँच गर्दा गाँजा फेला परेको जनाइएको छ । बरामद गाँजा र विवरण थप अनुसन्धानका लागि भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update