Kath khabar
मलेसियामा साथीको हत्या गरी फरार युवक काठमाडौंमा पक्राउ


                     काठमाडौं,  पुस २ ।  मलेसियामा साथीको हत्या गरेर फरार रहेका एक नेपाली युवक पक्राउ परेका छन्।

साथीको हत्या गरी पक्राउ पर्नेमा महोत्तरीको गौशालाका अनिल कुमार साह रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। 

उनले भने, ‘साहले गएको २५ मंसिरमा झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्या पछि भागेर नेपाल आएको, प्रधानको शव नेपाल ल्याइए पछि हत्या गरेको भन्ने उजुरी परेपछि निजलाई पक्राउ गरिएको हो।’

मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकार सम्बन्धी प्रावधानअनुसार पक्राउ परेका साह विरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update