Kath khabar
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका लामा पक्राउ


                      काठमाडौं, पुस ५ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक साविक ठूलोपाखर गाविस–२ बस्ने ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए । २०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्कीएको कारागारबाट भागी, अन्य थुनुवा–कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की विजयपुरबाट पक्राउ गरेको हो ।

साथै जिल्ला अदालत सिन्धुपाल्चोकको २०७४ फागुन ९ गतेको फैसलाले थुनुवा कैदी भागे भगाएको मुद्दामा लामालाई थप ९ वर्ष ६ महिना २० दिन कैद हुने ठहर गरेको छ । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update