Kath khabar
जाडोमा यसरी गर्नुहोस् छालाको हेरचाह

 

                      काठमाडौं, पुस ९ । जाडो महिनामा छालामा समस्या आउनु सामान्य कुरा हो । जाडोमा छालाको चमक कायम राख्न अधिकांश मानिसले छालाको विशेष हेरचाह गर्न विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि जाडोमा धेरैको छाला सुख्खा र निर्जीव देखिन्छ ।

व्यस्तताका कारण धेरैले दिनभर छालाको हेरचाहको लागि समय पाउँदैनन् । साथै जाडोमा मोइस्चराइजरको कमीले छाला सुस्त र सुख्खा देखिन थाल्छ । यस्तो अवस्थामा राती सुत्नुअघि केही टिप्सको मद्दतले छालाको विशेष हेरचाह गर्न सकिन्छ -

१) जाडोमा फेस क्लिन्जिङका लागि मानिसहरु बजारमा आधारित केमिकल उत्पादनको प्रयोग गर्छन् । जसका कारण छालाका कोशिकाहरु बिग्रन सक्छन् । यस्तो अवस्थामा राती अनुहार सफा गर्न दूधको मद्दत लिन सक्नुहुन्छ । मोइस्चराइजिंग गुणले भरिपूर्ण दूधले जाडोमा छालाको कमलोपन कायम राखी छालालाई मुलायम बनाउन मद्दत गर्छ।

२) जाडोमा अनुहारमा मालिस गर्दा पनि छालाको रक्तसञ्चारमा सुधार हुन्छ । जसका कारण तपाईको छाला प्राकृतिक रुपमा चम्किलो हुन थाल्छ । यस्तो अवस्थामा तपाईले अनुहारको मसाजको लागि एलोवेरा जेल प्रयोग गर्न सक्नुहुन्छ। जाडोमा एलोभेरा जेलले छालालाई कन्डिसनिङ गरेर नरम बनाउन मद्दत गर्छ

३) जाडो मौसममा मोइस्चराइजरको प्रयोगले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ। यस्तो अवस्थामा छालाको सुख्खापनबाट छुटकारा पाउन राम्रो मोइस्चराइजरको मद्दत लिन सक्नुहुन्छ । मोइस्चराइजरको सट्टामा तपाईं नरिवल तेल पनि प्रयोग गर्न सक्नुहुन्छ।

४) जाडोमा छालालाई नरम बनाइराख्न घरमै बनाइएको प्राकृतिक मास्कको प्रयोग पनि राम्रो हुन्छ। यो बनाउनको लागि केरालाई पेष्ट बनाउनुहोस् । अब यसमा १ चम्चा मह, १ चम्चा दही र बदामको तेल मिसाएर अनुहारमा लगाउनुहोस् । त्यसपछि सुकेपछि मनतातो पानीले अनुहार धुनुहोस् । यसपछि अनुहारमा मोइस्चराइजर लगाउन नबिर्सनुहोस्।

५) जाडोमा राती सुत्नुअघि नरिवलको तेल लगाउनुहोस्  । नरिवलको तेल अनुहारमा लगाउनाले तपाईंको अनुहार स्वस्थ हुन्छ। धेरैलाई अनुहारमा चाउरी पर्ने समस्या हुन्छ । यसको लागि पनि अनुहारमा दैनिक नरिवलको तेल लगाउन सक्नुहुन्छ ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update