Kath khabar
जबरजस्ती करणी गराउने मतियारसहित तीन जना पक्राउ


                 दाङ, माघ ४ । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका–६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।

सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।  

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update